आफु अनुकूल सरुवा नभएपछि विद्युत प्राधिकरण ट्रेड युनियनका कर्मचारी आन्दोलनमा

काठमाडौँ :टीम अजेय भारत: आफूले भनेअनुसारको ठाउँमा सरुवा नभएको भन्दै नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेढ युनियनका कर्मचारी आन्दोलनमा उत्रीएका छन् ।

अनुकूल सरुवा नभएपछि युनियनका पदाधिकारीहरुले  कार्यकारी निर्देशक कुलमान घिसिङको भण्डाफोर गर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा उत्रीएका कर्मचारीहरुले कर्मचारी प्रशासन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक तुलाराम गिरी माथिसमेत आक्रमणको प्रयास गरेका छन्। 
नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका संयोजक रामेश्वरप्रसाद पौडेल र उपसंयोजक खगेन्द्र शाहीले निकालेको विज्ञप्तिमा सहज र स्वच्छ विद्युत प्राधिकरणलाई विभिन्न बहानामा असहयोग गर्ने, विनियमावली विपरित विना प्रतिस्पर्धा खरिद गराउने जस्ता काम भइरहेको र यसको भण्डाफोर गर्ने उल्लेख छ। 

Post a Comment

0 Comments