सानेपा घटना : पूर्वसचिव कार्कीकी पत्नी मुनाको उपचारको क्रममा मृत्यु

काठमाडौँ । सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा स्टार अस्पतालमा मृत्यु भएको छ ।
उनको घरमा कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरी भान्साकोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । मुनामाथि आक्रमण गरेपछि चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । मुनाको हात पछाडिबाट बाँधिएको अवस्थामा भेटिएको थियो ।
दाङका २२ वर्षे चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए । पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो ।
आफू पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएपछि पूर्वसचिव कार्की विक्षिप्त बनेका छन् ।  कार्कीका दुई छोरी विदेशमा छन् भने एक छोरा काठमाडौँमै कक्षा पाँचमा अध्ययनरत छन् ।

Post a Comment

0 Comments