भूमि आयोग गोरखाद्धारा ९ वटा पालिकामा लगत संकलन सुरु

Abhishek aryal: Nepal:

भूमि आयोग गोरखाद्धारा जिल्लाका नौ वटा पालिकामा संकल संकलन सुरु गरेको छ । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुको लगत संकलन कार्य सुरु गरिएको भूमि आयोग गोरखाका अध्यक्ष कमला नहर्कीले बताइन् ।



गोरखाको शहिदलखन र बारपाक सुलिकोट गाउँपालिकाको यस अघि नै लगत संकलन कार्य सम्पन्न भइसकेका छन् । अहिले ती दुई पालिकाले कम्युटरमा इन्टूीको काम गरिरहेका छन् । बाँकी रहेको नौ वटा पालिकामा भदौ १ गते सार्वजनिक सूचना जारी गर्दै आयोगले ३५ दिन भित्र सम्बन्धित लाभग्राहीलाई निवेदन दिन आग्रह गरेको उनले जानकारी दिइन् ।

यसका लागि प्रत्येक स्थानीय तहमा पालिका प्रमुखको संयोजकत्वमा राष्टिूय मान्यता प्राप्त दलहरुको प्रतिनिधिसहितको सहभागितामा सहजीकरण समिति पनि गठन गरिएको छ । त्यस्तै, सबै स्थानीय तहले सेवा केन्द्र स्थापना गरी फोकल पर्सन तोकेर लगत संकलन सुरु गरेको उनले बताइन्् । जग्गा प्राप्तीका लागि सुकुम्बासी, दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थित बसोबास भएकाहरुले आफ्नो वडामा निवेदन सहित फाराम भरेर बुझाउनुपर्ने छ । फाराम र निवेदन सहितको विवरण वडा कार्यालयले संकलन गरी स्थानीय पालिकामा पठाउने छ । पालिकाले निवोदन प्रमाणित गरी जिल्लामा पठाउने अध्यक्ष नहर्कीले बताइन् ।

उनका अनुसार स्थानीय पालिकाले यसका लागि कर्मचारी व्यवस्थापनको काम गरेको छ । स्थानीय तहले त्यो सूची गरेर पठाएपछि आयोगले नापी कार्यालय सँगको समन्वयमा जग्गा नापजाँच गरी प्रमाणिकरण काम सुरु गर्ने उनले बताइन् । तर गोरखाको चुमनुब्री गाउँपालिका मनास्लु संरक्षण क्षेत्र(एम्याप) भित्र पर्ने भएकाले त्यहाको तत्काल निवेदन लिएपनि पुर्जा वितरणका लागि भने आयोगसँग थप सहकार्य हुने उनले बताइन् ।

सहिदलखन र बारपाक सुकिलोटमा सुकुम्बासी, दलित, भुमिहिन दलित र अव्यवस्थित बसोबास भएकाहरुको लगत संकलन कामसकेर अध्यावधिकको काम भइरहेको उनले जानकारी दिइन् ।

सहिद लखन गाउँपालिकामा तीन सय २५ र बारपाक सुलिको गाउँपालिकामा ३४ जना भूमिहिन तथा अव्यवस्थित बसोबास भएका हरुको निवेदन परेको उनले जानकारी दिइन् । यि दुई पालिकाका भूमिहिन, सुकुम्बासीलाई मंसिर अघि नै जग्गाको लिस्ट वितरण गर्नेगरी काम भइरहेको छ । अन्यपालिकाको हकमा यो वर्षको अन्तिम सम्ममा लालपुर्जाको उपलब्ध गराउने योजना रहेको आयोग गोरखाले जनाएको छ ।

Post a Comment

0 Comments