गोरखामा मोतिबिन्दु अप्रेशन शिविरबाट १८ जना लाभान्वित

 गोरखामा मोतिबिन्दु अप्रेशन शिविरबाट १८ जना लाभान्वित


Report by Abhishek Aryal from Nepal 

गोरखा लायन्स आँखा सेवा केन्द्रद्धारा संचालित मोतिबिन्दु अप्रेशनको शिविरबाट १८ जना लाभान्वित भएका छन् ।

मंसिर १९ गते देखि २१ गते सम्म भएको शिविरबाट १८ जना लाभान्वित भएको गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाका लेखा तथा प्रशासकीय अधिकृत विमला कार्कीले बताइन । १० जना महिला र ८ जना पुरुषको मोति विन्दुको शल्यक्रिया गरेको उनले बताइन् ।


जसमा सबै भन्दा जेष्ठ उमेरको आरुघाट ७ निबासी ८३ वर्र्षीय भिम बहादुर थापा मगर र सबै भन्दा कम उमेरको गोरखा नगरपालिका २ की २६ वर्षकी बसिरा मिया रहेको अस्पतालले जनाएको छ ।


सबै भन्दा टाढाबाट आएर अप्रेशन गर्ने धार्चे ५ का ७५ वर्र्षीय धन बहादुर गुरुङ रहेको उनले जानकारी दिइन् । दुर्गम क्षेत्रबाट आएका स्थानीयहरु पनि जिल्लामै आँखाको मोतियाविन्दुको अप्रेशन गर्न पाउँदा धेरै खुसी छन् ।


हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोरखा लायन्स आँखा सेवा केन्द्र र लायन्स क्लब अफ गोरखाको आयोजनामा मोतिबिन्दु मोतिबिन्दु शल्यक्रिया शिविर भएको हो ।


२०६१ सालमा स्थापना भएको आँखा अस्पतालले विगत ११ वर्षदेखि नै आँखाको मोतियाविन्दु अप्रेशन गर्दै आएको छ । सन २०२२ को हालसम्ममा सात हजार भन्दा धेरैको आँखाको चेकजाँच तथा उपचार सेवा लिएका छन् ।

Post a Comment

0 Comments