भिमकुल सहकारीद्धारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

Report by Abhishek Aryal from Nepal 

२३ मंसिर, गोरखा । भिमसेन थापा गाउँपालिका–७ बोर्लाङ स्थित भिमकुल बचत तथा ऋण सहकारी संस्थाले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । २७ औ साधारण सभाको अवसर पारेर खाद्यान्न सहयोग गरिएको संस्थाले जनाएको छ ।

शुक्रवार आश्रम पुगेर चामल, दाल, चिनि, तेल, बिस्कुट लगायतका खाद्यान्न सहयोग गरिएको संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए । समुदाय प्रतिको उत्तरदायित्व कार्यक्रम अन्तर्गत खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिए । कार्यक्रमको अवसर पारेर संस्थाले आर्थिक बर्ष २०७८÷७९ को आयव्यय विवरण समेत सार्वजनिक गरेको छ ।



२०५२ सालमा स्थापना भएको उक्त संस्थामा हाल ३ हजार ८५९ सदस्य आवद्ध छन् । संस्थाले गोरखा नगरपालिका, शहिद लखन गाउँपालिकासँगै भीमसेन थापाको सबै वडामा सेवा विस्तार गरिसकेको छ । दुई पटक प्रोबेशन ब्राण्ड र एक पटक उत्कृष्ट सहकारी पुरस्कार समेत प्राप्त गरेको उक्त संस्थाको मुख्य कार्यालयमा २०७८ साल असार २६ गते चोरी भएको थियो ।

रातको समयमा कार्यालय फुटाएर करिव २७ लाख चोरी भएपनि हालसम्म चोरीमा संलग्नको पहिचान हुन सकेको छैन । चोरीमा संलग्नहरुको यथाशिघ्र पहिचान गरी कारवाहीको दायरामा ल्याउन उनीहरुले माग समेत गरेका छन् ।

चोरी भए लगतै उनीहरुले प्रहरी कार्यालय गोरखामा उजुरी दिएका थिए 

Post a Comment

0 Comments