गोरखा नगरपालिका ६ रानीपोखरीमा विशेषरूपमा य:मरि पुन्ही रुपले मनायो ... ।



Report by Abhishek Aryal from Nepal 

गोरखा — गोरखा नगरपालिका ६ रानीपोखरीमा बिहीबार य:मरि पुन्ही विशेष रुपले मनाइएको छ । जिल्लामा पहिलो पटक भएको योमरी मेलामा योमरीसँगै बारा, चटामरी, छोइलालगायत परिकार राखिएको थियो ।



किसानले धान भित्र्याएपछि चामलको पिठो, तिल‚ खुदो मिसाएर बनाएको परिकार योमरी नेवार समुदायमा लोकप्रिय रहेको नेवा देय दवुका जिल्ला अध्यक्ष देवीप्रसाद श्रेष्ठले बताए ।

‘यो परिकार अत्यन्त मिठो हुन्छ । नयाँ धानबाट निकालिएको चामलको पिठोबाट एकतर्फ चुच्चो र अर्को तर्फ ठूलो बनाउने, त्यहाँभित्र तिल र खुँदो हालेर बाफमा पकाएर यो परिकार बनाइएको हुन्छ‚’ उनले भने, ‘धान भित्र्याएपछि यो मिठो परिकार खाएपछि किसानले दुःख भुल्छन्, खुसी हुन्छन् ।’

योमरी स्वास्थ्यका लागि पनि लाभदायक तथा स्वस्थकर हुने उनले बताए । मंसिर शुक्लपूर्णिमाको दिन यःमरि पुन्हि मनाउने प्रचालन रहेको उनले सुनाए । नेपाल संवादको दोस्रो महिनामा य:मरि पुन्हि मनाइँदै आएको छ





Post a Comment

0 Comments