चितवन । आफ्नो यो कार्यकाल भाषण कम, काम धेरै गर्ने पक्षमा रहेको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बताएका छन् ।
शनिबार चितवनको नरायणी नमुना माध्यामिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्न पुगेका प्रचण्डले यस्तो बताएका हुन् ।
‘मैले यो कार्यकालमा धेरै भाषण गर्ने पक्षमा छैन’ उनले भने, ‘काम धेरै भाषण कम गर्ने पक्षमा छु ।’ उनले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्ने प्रतिवद्धता गरेको पनि बताए ।
छोटो सम्बोधन गरेका प्रचण्डले जनतालाई सुशाषन, भ्रष्टाचार र बेथितीबाट मुक्त गर्ने गरी पहिलो मन्त्रिपरिषदबाट निर्णय गरी पहल गरेको समेत बताए ।
0 Comments